‘आरआरआर’को सफलतापछि राम चरणले बाँडे ३५ वटा सुनका सिक्का

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १२:४२

दक्षिण भारतीय चलचित्रका सुपरस्टार राम चरण अभिनीत ‘आरआरआर’ले यति बेला हलहरूमा राम्रोको व्यापार गरिरहेको छ । एसएस राजामौलीको यो चलचित्रले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको छ ।

आफ्नो चलचित्रको सफलताबाट हर्षित राम चरणले क्रु मेम्बरहरूलाई सुनका सिक्काहरू बाँडेका छन् । चलचित्रको सफलताको पछाडि क्रु सदस्यहरूको हात र मिहिनेत रहेको भन्दै ३५ सदस्यलाई भारु १८ लाखबराबरको सुनको सिक्का उपहार दिएका हुन् ।

उक्त सिक्कामा एकातर्फ अभिनेताको नाम कुँदिएको छ भने अर्कोतर्फ आरआरआको संकेत कुँदिएको छ ।

राच चरणले सबै ३५ क्रु सदस्यलाई हैदराबादस्थित आफ्नो घर बोलाएर ब्रेकफास्टका साथ एउटा/एउटा सुनको सिक्का प्रदान गरेका थिए । राम चरणले उपहारमा दिएको सिक्का ११.६ ग्रामको छ ।

राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, अजय देवगनको मुख्य भूमिका रहेको चलचित्र गएको मार्च २५ मा विभिन्न भाषामा रिलिज भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*