सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको पहिलो बैठक बुधबार बस्दै

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १५:१६

सत्ता गठबन्धनमा आबद्ध दलका नेताको मंगलबारको बैठकले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बुधबार बस्ने भएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बस्ने पौडेलको सचिवालयले जानकारी दियो ।

“सत्ता गठबन्धन दलहरूबीच तालमेल कसरी गर्ने, चुनावी परिचालन कसरी गर्ने भन्ने विषयहरू छन्, छलफल यिनै विषयमा हुन्छ,” सचिवालयले बाह्रखरीसँग भन्यो ।

१० सदस्यीय समितिमा सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट दुई÷दुईजनाको सहभागिता छ । कांग्रेसका तर्फबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का तर्फबाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट नेता अशोक राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*