सेयर बजार ४६ अंक घट्यो

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १५:४६

सेयर बजारको परिसूचक नेप्से मंगलबार २४५२ अंकमा झरेको छ । पछिल्ला दिन लगातार घटेको बजार मंगलबार थप ४६.४६ अंक घटेको हो । कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको तुलनमा बढेको हो । सोमबार १ अर्ब ५८ करोडको कारोबार भएको थियो । होटल तथा पर्यटन उपसमूह १५ अंक बढ्यो भने अरु सबै घटे ।

बैंकिङ १८, विकास बैंक ८१, फाइनान्स ५३, जलविद्युत् ६१, जीवन बीमा ४३२, उत्पादन ४३, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ३४५, अन्य ७१ र व्यापार उपसमूह ४४ अंकले घटे । कुल १० कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । १८३ कम्पनीको घट्दा २ को स्थिर रहृयो ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट, युनाइटेड इदी मर्दीको मूल्य ६ प्रतिशत धेरैले घट्यो । राष्ट्रउत्थान र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ र अरुणभ्याली हाइड्रोपावर कम्पनी कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

यसमा तपाइको मत

Your email address will not be published.


*