निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा एमाले नेताले गरेनन् हस्ताक्षर

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १५:५४

स्थानीय तह निर्वाचनको आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आज निर्वाचन आयोगले दलका नेताहरूलाई बोलायो । बैठकमा साना दलका नेताले छलफलमा नबोलाइएको र हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै आपत्ति जनाए ।

आचारसंहितामा छलफल गर्न बोलाइएको बैठकको माहोल नै अस्वस्थ बनेको भन्दै आयोग पुगेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरू हस्ताक्षर नगरी फर्किएका छन्  ।

आचारसंहिताको विषयमा छलफल गर्ने बैठकमा नै नाराबाजी हुन थालेपछि आफूहरू फर्किएको एमाले नेता निरज आचार्यले जानकारी दिए । “निर्वाचन आयुक्त र साना दलहरूबीच अस्वस्थ वादविवाद भयो । होहल्ला र नाराबाजी भयो । बैठक त मर्यादित हुनुपर्छ । हाम्रा पनि केही कुरा राख्नुपर्ने थियो । तर, आज त्यहाँको अवस्थाका कारण हामी पछि गरौँला भनेर निस्कियौँ,” उनले भने ।

आचारसंहिता पालना गर्न एमाले दृढ रहेको उनको भनाइ छ । “निर्वाचन आचारसंहितासँग हाम्रो कुनै टिप्पणी होइन । एमालेले आचारसंहिता पालना गर्छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित बनाउन सबैले यसको पालना गर्नुपर्छ भन्ने कुुरामा एमाले दृढ छ,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*