केपी ओली र माधव नेपालबीच भीआइपीमा जम्काभेट

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १६:०५

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज दिउँसो मध्यान्ह १२ बजे जम्काभेट भएको छ । उहाँहरुबीच काठमाडौंको आन्तरिक विमानस्थलको अति विशिष्ट कक्षमा भेट भएको हो ।

ओली काठमाडौंबाट सिमरा जाने क्रममा आन्तरिक विमानस्थलको भीआईपी कक्षमा आराम गरिरहनुभएको थियो । त्यति नै बेला भैरहवा जान विमानस्थल पुग्नुभएका नेपाल पनि त्यही कक्षमा छिरेपछि उहाँहरुबीच जम्काभेट भएको हो । दुवै जनाको आँखा जुधेपछि बसिरहनुभएका एमाले अध्यक्षलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘के छ ?’ भनेर सोध्नुभएको थियो ।

उक्त अवसरमा त्यहीँ रहेका एक जनाले अवस्थाको वर्णन गर्दै ओलीको जवाफ उद्धृत गरेर भने, ‘अँ ठीक छ..।’ त्यसपछि चुपचाप बस्दै ओलीले पत्रिका पढ्न थाल्नुभयो । माधव नेपाल भने अलि परको सोफामा बस्नुभयो ।

माधव नेपाल सोफामा बस्दा नबस्दै भैरहवा उडानको तयारी भएपछि उहाँ निस्केर विमान चढ्न निस्कनुभयो । सिमरा जाने उडानको तयारी नभएकाले ओली केही बेर त्यहिँ बस्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*