सलमान खान हेर्ने टिकट बिक्री गर्दै प्रभु पे, मूल्य २५ हजारसम्म

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १६:१५

आउँदो जेठ १४ मा हुन लागेको भारतीय कलाकार सलमान खानको ‘दबंग टुर’ को अनलाइन टिकट प्रभु पेबाट खरिद गर्न सकिने भएको छ ।

प्रभु पे डिजिटल वालेटबाट कार्यक्रमको दिनसम्म प्रयोगकर्ताले सहजै आफ्नो टिकट बुकिङ गर्नसक्ने जनाइएको छ ।दशरथ रंगशालामा हुने सो कार्यक्रमको टिकट दर पाँच हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म तोकिएको छ ।

आफ्नो केवाईसी भेरिफाई गरेर प्रयोगकर्ताले प्रभु पे वालेट मार्फत टिकट खरिद गर्न सक्नेछन् । त्यसैगरी प्रभु पेको ’किअस्क’ मसिनबाट पनि टिकट बुक गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*