तत्काल उम्मेदवारको टुंगो नलगाउन सबै तहका समितिहरुलाई कांग्रेसको निर्देशन

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १६:२२

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सबै तहका समितिहरूलाई निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेर अघि जाने निर्णय भए पनि कतिपय ठाउँमा कांग्रेसको उम्मेदवार घोषणा गरेपछि कांग्रेसले तत्काल उम्मेदवार नतोक्न निर्देशन दिएको हो ।

उम्मेदवारबारे निर्णय गर्ने काम तत्काल नगर्न मातहतका समितिहरुलाई निर्देशन गरिएको कांग्रेसको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । टिकटबारे निर्णय गर्ने काम पछि नै गरिने भएकाले अहिले नै त्यसबारे निर्णय गर्न नहुने उनको भनाइ रहेको छ ।स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै केन्द्रबाट तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।

तर यता कतिपय वडा र पालिकामा सम्बन्धित कमिटीहरुले उम्मेदवार नै घोषणा गरिरहेका छन् । सो क्रममा गठबन्धनमा फाटो आउने देखिएपछि कांग्रेसले त्यस्तो सर्कुलर जारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*