नेपाल बारमा घिमिरेको २१३ र अधिकारीको १०१ मत

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १६:३४

नेपाल बार एसोसिएसनको जारी मतगणनामा सत्ता गठबन्धननिकट कानुन व्यवसायीको प्यानलले अग्रता लिएको छ ।

सत्ता गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका गोपालकृष्ण घिमिरेले एमालेनिकट कानुन व्यवसायीका तर्फबाट उम्मेदवार बनेका विष्णुमणि अधिकारीभन्दा दोब्बर मतले अगाडि छन् ।

जारी मतगणनामा अहिलेसम्म अध्यक्षका उम्मेदवार घिमिरेले २१३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले १०१ मत पाएका छन् ।

महासचिवमा अन्जिता खनालले १९१ मत पाउँदा प्रगतिशील समूहका उम्मेदवार केदार कोइरालाले १३१ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*