साढे पाँच हजार जनामा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १६:५८

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ३ हजार २७८ पीसीआर र २ हजार ३०९ एन्टिजेन गरी ५ हजार ५८७ जनामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै थप ५१ जना संक्रमणमुक्त भएको छ । हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*