चीनमा कोरोना संक्रममण दर निरन्तर उकालो, २४ घण्टामा थपिए २० हजार संक्रमित

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १२:०२

चीनमा कोराेना संक्रमितको संख्या दिनहुँ बढेको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ । सरकारले शून्य कोभिड नीति अवलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो ।तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीव्र बढिरहेको छ ।

बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ ।

परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाइमा क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*