नायव कृषि/ पशु सेवा प्राविधिक सहायकका लागि ३९ जना कर्मचारी आवश्यकता

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १३:०९

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना निर्देशकको कार्यालयले नायव कृषि/ पशु सेवा प्राविधिक सहायक माग गरेको छ ।

आयोजनाले बुधवार सूचना जारी गर्दै रिक्त कृषि र पशुपन्छी/ मत्स्यतर्फ ३९  जना कर्मचारी माग गरेको हो ।आवेदन दिन इच्छुक नागरिकले आयोजना निर्देशकको कार्यालय, हरिहरभवनमा आयोजनाको वेबसाइटबाट फर्म डाउनलोड गरी नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शेक्षिक योग्यता तथा तालिमको प्रमाणपत्रसहित विवरण भरी पेश गर्नुपर्नेछ ।

साथै इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*