सेनाले ४ हिमालको सफाइ गर्दै

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १३:१८

हिमाल सफाइको तेस्रो संस्करण ‘सफा हिमाल अभियान–२०२२’ को शुभारम्भ भएको छ । मंगलबार प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाईका नेतृत्वकर्तालाई माउन्टेन क्लिन क्याम्पीयन–२०२२ को व्यानर हस्तान्तरण गरेर सफा हिमाल अभियान २०२२को औपचारी शुभारम्भ गरेका हुन् । हिमाल सफाइ अभियान आगामी जेठ २२ गतेसम्म सेनाले यस वर्ष ४ हिमाल सफाइ गर्ने नेपाली सेनाले जनाएको छ ।

३५ टन फोहोर संकलन गर्न लक्ष्य लिएको नेपाली सेनाले यस वर्ष सगरमाथा,लोत्से,कञ्चनजंगा र मनास्लु हिमालको सफाइ गर्ने छ । हिमाल सफा गर्नको लागि पर्यटन विभागबाट २९ सेनाले अनुमति समेत लिएका छन् ।सफाए अभियानमा करिब ८७ जनाको सहभागिता हुने जनाइएको छ ।
अभियानबाट संकलन हुने सड्ने फोहोरलाई स्थानीय तहलाई हस्तान्तरण गर्ने र नसड्ने फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीहरूलाई हस्तान्तरण गरिने सेनापति शर्माले बताए । प्रकृति र वातारणको संरक्षणमा नेपाली सेना लामो समयदेखि लागि रहेको र यो तेस्रो हिमाल सफाइ अभियानले पर्यावरणको संरक्षरणमा सहयोग पुग्ने प्रधानसेनापति शर्माको भनाइ छ ।

पछिल्लो समय हिमालमा प्रयोग हुने विलासिताका वस्तुनै हिमालमा फोहोर बढेको सेनापति शर्माले गुनासो गरे । नेपालमा हिमाल सफा गर्ने अभियान सन् २०१९ देखि नेपाली सेनाको हगुवाईमा हुँदै आएको छ । हिमाल सफाइका लागि करिब १२ करोड ९६ लाख लागत लाग्ने हनुमान सेनाले गरेको भए पनि हालसम्म ८ करोड ३० लाख रुपैयाँ विनियोजन भएको जनाएको छ । नेपाल सरकारबाट यसबाहेक अभियानमा प्रयोग हुने हवाई साधन, मेडिकल र सञ्चार खर्चमा एक करोड ३० लाख रकम विनियोजन भएको जनाएको छ ।

नेपाली सेनाको अगुवाईमा हरेक वर्ष हिमाल सफाइ अभियानले हिमालको सौन्दर्यता कायम राख्न मदत पुगेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए । आरोहणका क्रममा हुने फोहोरलाई न्यून्नीकरण गर्न विभाग लागि रहेको र हिमाल सफाइका लागि नेपलाी सेना र विभागबीच भएको समझदारी पत्रमा हस्ताक्षर गरि यो अभियानमा सञ्चालन हुँदै आएको बताउँदै महानिर्देशक अधिकारीले “यस अभियानले हाम्रो हिमालको स्च्छता अभिवृद्धि गर्नका लागि योग्दान पु¥याउँदै आएको छ ।”

नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो । यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा ग्लोबल बार्मिङको असरलाई कम गर्न केही हदसम्म सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*