अमेरिकामा विमान दुर्घटना

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १३:३९

अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ६४ मिटर टाढा दुर्घटनाग्रस्त भएको टेक्सास राज्यको ह्युस्टन शहरबाट प्रकाशित हुने ह्युस्टन क्रोनिकल अखबारले जनाएको छ ।मर्लिन शहरका कार्यकारी सेड्रिक डेभिसलाई उद्धृत गर्दै क्रोनिकलले जनाएअनुसार मारिनेमा एक पुरुष र एक महिला छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*