सुपारी आयातको इजाजत नदिन सरकारलाई संसदीय समितिकाे निर्देशन

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १४:१०

विदेशबाट सुपारी आयातकाे इजाजत राेक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएकाे छ ।

प्रतिनिधि सभाकाे उद्याेग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएकाे हो ।

समितिकाे बुधबारको बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा राेक लगाउन निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिती कम रहेकाे अवस्थामा सुपारीजस्ता वस्तु आयातमा राेक लगाउनुपर्ने उनकाे भनाइ थियाे । ‘सुपारी आयातकाे इजाजत नदिन सरकार, उद्योग र वाणिज्य विभागलाई निर्देशन छ,’ उनले भने ।

सभापति श्रीवास्तवले आयातकाे अवस्था अध्ययन गर्न समिति विभिन्न ठाउँमा जाने पनि बताए । उनले संसदीय समिति अनुगमनका लागि भ‌ैरहवा, दाङ र नेपालगञ्जलगायतका जिल्लामा जान लागेको जानकारी दिए । समिति सदस्यहरूले गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयातमा राेक लगाउनुपर्ने बताएका थिए ।

समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पाेखरेल र गणेश पाण्डे सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*