निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १४:३१

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारहीहरुले आज भेट गर्दैछन् ।

प्रधानमन्त्री देउवाले निर्वाचन तयारी बारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई बोलाएको स्रोतले जनाएको छ ।आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । सबै दल चुनावको तयारीमा जुट्दैछन् । मतपत्रका छपाईको जिम्मा पनि जनक शिक्षा सामाग्री केन्द्रलाई दिइएको छ । केन्द्रले केही दिनअघिबाट मतपत्र छाप्न सुरु गरेको छ ।

मंगलबार मात्रै निर्वाचन आयोगले ७९ दललाई बोलाएर निर्वाचन आचारसंहिताबारेमा छलफल गरेर लिखित रुपमा प्रतिवद्धताको लागि हस्ताक्षर गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*