अध्यक्ष ठाकुर अस्वस्थ, हेलिकप्टरमा काठमाडौँ ल्याइयो

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १४:४१

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ, यहाँका स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौँ लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको हो’ उनले भने ।

अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकअप गराउन गराइ रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*