मन्त्री आलेलाई अदालतको मानहानीको मुद्दा, करबाही किन नगर्नु जवाफ पठाउन आदेश

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १४:५३

उच्च अदालत पाटनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविलाई अदालतको अपहेलना गरेकोमा कारण देखाउ आदेश जारी गरेको छ । ‘अदालतको फैसलामा सेटिङ भएको’ भन्ने अभिव्यक्ति एक टेलिभिजनको अन्तरवार्तामा बताएका थिए । मंगलबार पाटन उच्चका न्यायाधीश सुवाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन सजाय हुनु नपर्ने हो ?’

आदालतले आफ्नो आदेशमा भनेको छ, ‘सजाय हुनु नपर्ने आधार, कारण र प्रमाण भए सोसमेत साथै राखी म्याद सूचना पाएको मितिले १५ दिनभित्र आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै विपक्षीका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नूहोला ।’

बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिले उच्च अदालत पाटनबाट ‘सेटिङमा आदेश लिएको’ भन्दै मन्त्री आलेले एक टेलिभिजन कार्यक्रममा बोलेका थिए । अदालतको निर्णयलाई प्रभाव पार्नका लागि मन्त्री आलेको यस्तो अभिव्यक्ति आएपछि आनन्द होटललले मन्त्री आलेले अदालतको मानहानी गरेको भन्दै उच्च अदालतमा रिट दर्ता गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*