सत्ता गठबन्धनको चुनाव परिचालन समिति बैठक जारी

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १५:१६

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरू भएको छ । मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बुधबार दिउँसो बसिरहेको छ । ‘बैठक बसिरहेको छ, समितिका सदस्य नेताहरू आउनुभएको छ,’ पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने ।

बैठकले गठबन्धन दलहरूबीच चुनावी तालमेलका लागि आवश्यक गृहकार्य गर्ने नेताहरूले बताएका छन् । समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*