कोरोना संक्रमण बढेपछि चीनको साङ्घाईमा अनिश्चितकालीन लकडाउन

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १५:५९

कोभिड १९ संक्रमण बढेपछि चीन सरकारले साढे दुई करोड जनसंख्या भएको साङ्घाई सहरमा जारी लकडाउनको अवधि बढाएको छ ।

सुरुमा यस सहरको पूर्वी र पश्चिमी भागमा फरक फरक सुरक्षा उपायहरू अपनाइएको थियो । तर, अहिले सम्पूर्ण सहरमाथि नै अनिश्चितकालिन लकडाउन कार्यान्वयन गरिएको छ ।

वाणिज्य व्यवसायका लागि महत्वपूर्ण मानिने साङ्घाई एक महिना भन्दा लामो समयदेखि कोरोना भाइरस संक्रमणको नयाँ लहरविरुद्ध लड्दै आइरहेको छ ।

अहिले प्रत्येक दिन १३ हजार बढी नयाँ संक्रमित भेटिने गरेका छन् । यद्यपि केही अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो तथ्याङ्क उच्च होइन ।

सहरका केही भागका वासिन्दाहरूले कडा नीतिअनुसार कसैले पनि अत्यावश्यक वस्तुहरू किन्न पनि घर बाहिर निस्कन नपाउने गरेको बताएका छन् । उनीहरूले अनलाइनमार्फत खाद्यान्न र पानीको अर्डर गर्दा कठिनाइ भोगिरहेका छन् । आपूर्ति र कर्मचारीहरूको अभावका कारण ग्राहकहरूले समयमै सेवा पाउन सकिरहेका छैनन् ।

चीनले ‘शून्य कोभिड’को राष्ट्रिय नीति अबलम्वन गर्दै आएको छ ।

सामाजिक सञ्जालमार्फत सहरवासीहरूले आफूहरूले आवश्यक उपभोग्य सामग्री समयमै पाउन नसकेकामा आक्रोश व्यक्त गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*