नेप्से निरन्तर गिरावट, २ अर्ब पनि पुगेन कारोबार

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १६:०५

नेप्से बुधबार पनि घटेर २ हजार ४ सय २८.७५ विन्दुमा पुगेको छ । आज ०.९५ प्रतिशत अर्थात २३.३२ अंकले सेयर बजारमा गिरावट आएको हो ।

आज ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँको कारोबार भएको छ ।

व्यापार समूहको सूचक सबैभन्दा बढी २.७६ प्रतिशतले घटेको छ । अधिकांश समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेको छ । इमर्जिङ नेपाल लिमिटेड, नयाँ साथी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, बुद्ध भूमि हाइड्रोपावरको सेयर मूल्य प्रतिशतमा सबैभन्दा बढीले घटेको छ ।हालसालै दोस्रो बजारमा सूचीकृत भएर कारोबारमा आएको इमर्जिङको सेयर मूल्य लगातार दोस्रो दिन नेगेटिभ सर्किट लागेर एक हजार एक सय ९०.७ रूपैयाँमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*