राप्रपा नेपालको चुनावी घोषणापत्रको मस्यौदा पारित

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १६:५६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावको घोषणापत्रको मस्यौदा पारित गरेको छ।

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिले बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो।

यससँगै केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय चुनावका विषयमा छलफल भएको छ। स्थानीय चुनावमा बढीभन्दा बढी उम्मेदवार बनाउने निर्णय भएको उनले बताए।

स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ। त्यसका लागि विभिन्न राजनीतिक दलले घोषणपत्रको तयारी गरिरहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published.


*