२४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १६:५६

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।सो समयमा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै ७६५ जना संक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ५२७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*