प्रथम सहिद स्मृति कपको उपाधि हिमालयन ह्वाइट हाउसलाई

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार ११:२३

प्रथम सहिद स्मृति कप अन्तर विद्यालय/कलेज स्तरीय फुट्सल प्रतियोगिको उपाधि हिमालयन ह्वाइट हाउस इन्टरनेशनल  कलेजले जितेको छ।

उपाधि विजेता हिमालयन ह्वाइट हाउस कलेजले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।त्यस्तै प्रतियोगितामा ग्रिनविच एकाडेमी कलेज दोस्रो भयो भने बानेश्वर बहुमुखी क्याम्पस तेस्रो भयो । उनीहरूले क्रमस: ३३ र २० हजार नगद पुरस्कार पाए ।

प्रतियोगितामा बेस्ट प्लेयर ह्वाइट हाउसका स्वयम् श्रेष्ठले तीन हजार नगद, बेस्ट गोलकिपर हिमालयनकै नवीन सिवाकोटी र हाइएस्ट स्कोरर बानेश्वर महुमुखीका मिग्मा लामाले समान तीन/तीन हजार पुरस्कार पाए ।

फाइनल खेलका मेन अफ दि म्याच ग्रिनविच एकाडेमीका मिलन खत्रीले पनि  तीन हजार पुरस्कार पाए ।

अनेरास्ववियू(क्रान्तिकारी ) काठमाडौं महानगर समितिको  आयोजना भएको प्रतियोगितामा काठमाडौँभित्र र बाहिरका गरी २० वटा कलेजको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*