धादिङमा बस दुर्घटना हुँदा १५ जना घाइते

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार ११:४३

धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् ।

काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस  सडकमा पल्टिएकाे हाे ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*