लोक सेवाले गर्‍यो यी डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार ११:५९

लोक सेवा आयोगले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूहका डाक्टरलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ।
आयोगले लिखित र अन्तर्वार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो।

आयोगले अर्थोपेडिक सर्जरी उपमूहको ११औं तहमा डा बद्री रिजाललाई सिफारिस गरेको छ। उक्त पदमा १ जना माग गरेकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि डा रिजाल मात्र छनोट भएका थिए। अन्तर्वार्तापछि आयोगले स्वास्थ्य मन्त्रालयमा बढुवाका लागि सिफारिस गरेको हो।

यस्तै न्यूरो सर्जरी उपमूहमा डा विनोद राजभण्डारी सिफारिस भएका छन्। डा सुमन फुयाल भने वैकल्पिकमा परेका छन्।

यसैगरी, ग्याष्ट्रोइन्टेरोलोजिकल सर्जरी उपमूहमा डा निराजन सुवेदी सिफारिस भएका छन्। डा टेकनारायण यादव वैकल्पिकमा परेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*