नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो,प्रतिकित्ताको मूल्य १७ सय

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १२:२१

साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १७ सय पुगेको छ । कम्पनीको शेयर कारोबार आज १ हजार ५४५.५० बाट सुरु भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु. १५४.५० ले बढेको हो ।यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख १७ हजार ८८६ कित्ता शेयर खरिदमाग भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*