सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १२:३०

सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख  ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६  कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कुल जारी सेयर मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६  गतेसम्म आवेदन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*