सामाजिक सञ्जालबाट बाहिरिइन् सुष्मा कार्की

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १२:४३

अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ ।

नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् । यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् ।

फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन । यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन् ।

फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ । ‘म अहिले पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर छु,’ उनले भनिन् ।५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*