एमसीसीको व्याख्यात्मक घोषणामा सघाउने बन्दी कानुनमन्त्रीमा सिफारिस

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १३:१९

अन्तर्राष्ट्रिय कानुनका जानकार गोविन्द बन्दी कानुनमन्त्रीका लागि सिफारिस भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।  बन्दी एकीकृत समाजवादीको कोटामा मन्त्री बन्ने भएका हुन् ।

बन्दीले अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक घोषणा तयार पार्न सरकारलाई सहयोग गरेका थिए । राष्ट्रपति कार्यालय स्रोतका अनुसार अनुसार बन्दीलाई दिउँसो २ बजे शपथ खुवाउने तयारी भइरहेको छ ।

कानुनमन्त्री रहेका कांग्रेसका दिलेन्द्र बडुलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री देउवाको छ

यसमा तपाइको मत

Your email address will not be published.


*