‘ए मेरो हजुर ४’को प्रचारबाट किन गायब छन् सलोन ?

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १३:३७

झरना थापाले अभिनेत्रीबाट निर्देशकको यात्रा सुरु गर्दादेखि नै सलोन बस्नेत उनले वाचन गर्ने कथाको हिस्सा बन्दै आएका छन् । ‘ए मेरो हजुर २’ बाट झरनाले निर्देशन सुरु गर्दा सलोन त्यो फिल्मको हिस्सा मात्र थिएनन्, फिल्मको सफलतामा सलोनको भूमिकाले पनि क्रेडिट पाएको थियो ।

त्यसयता यही शृंखलाका ३ र ४ मा पनि सलोन छुटेनन् । योमध्ये चौथो शृंखला आउँदो वैशाख १ गते सार्वजनिक हुँदैछ । तर अघिल्ला शृंखलामा प्रचार प्रसारमा नछुट्ने सलोन यो साल भने कतै बाक्लो देखिएका छैनन् । सलोन फिल्मको शीर्ष गीत सार्वजनिक हुँदा बानेश्वरको एक हलमा देखिएका थिए तर त्यसयता न ट्रेलर सार्वजनिक कार्यक्रममा देखिए न बाँकी प्रचारमा ।


हामीले निर्माता सुनिलकुमार थापासँग यो विषयमा जिज्ञासा राख्दा उनले सलोनको मुखमा घाउ आएकाले बाहिर ननिस्किएको जानकारी गराए । ‘सलोनको मुखमा घाऊ आएकाले बाहिर ननिस्किएको हो । ठीक भएपछि आउने कुरा भएको छ,’ निर्माता थापाले भने ।

यता सुनिलकुमार थापाले सलोनको मुखमा घाऊ आएको बताए पनि सलोनले हालसालै नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ खेल्ने सम्झौता गरेका थिए । सलोन यो तस्बिरमा दुरुस्त देखिएका छन् । यो सलोन ठीक भएको संकेत हो कि ‘ए मेरो हजुर’ टिमसँग सलोनको बेठिक भएको संकेत हो ?

यसमा तपाइको मत

Your email address will not be published.


*