९ महिनापछि उद्योग मन्त्रालयले पायो नेतृत्व

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १४:४९

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ९ महिनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेतृत्व पाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूलाई उद्योग मन्त्री नियुक्त गरेकी छन् ।

गत असोज २२ गते भएको मन्त्रिपरिषद् विस्तारमा गैरसांसद गजेन्द्र हमाल मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै आलोचना भएपछि उनले २ दिनमै राजीनामा दिएका थिए ।

त्यसयता मन्त्रालय नेतृत्वविहीन थियो । देउवाले २०७८ असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालय देउवाले नै राखेका थिए ।

मीनेन्द्र रिजालले कांग्रेस महामन्त्रीमा पराजित भएपछि राजीनामा गरेको रक्षा मन्त्रालयको नेतृत्व पनि देउवाले नै राखेका छन् ।कानून मन्त्रालयमा गैरसांसद रहेका गोविन्द बन्दीलाई नियुक्त गरेर बडूलाई उद्योगमा सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*