निर्वाचन आयोग पुगेर प्रकाण्डले के माग राखे ?

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १६:५०

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिनेगरि तयारी थालेको छ ।

नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्डले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।

प्रकाण्ड आज आयोगको कार्यालय पुगेका थिए ।प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ ।

त्यस्तै दल दर्ताका लागि पनि समय मागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*