फेरी ५०० ले बढ्यो सुनको मूल्य

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार ११:५४

 आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो विहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको  हो । हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*