पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १२:३१

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिँदैछ । ‘आज आयोगको बैठक बस्छ र निर्णय गर्छ ।  आजै शुक्रबार ५ बजे आयोगले पत्रकार सम्मेलन गर्दैछ । सोही पत्रकार सम्मेलनमा आचारसंहिता लागू भएको घोषणा हुँदैछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*