स्वस्थ्य बीमा बोर्डद्वारा मोबाइल एप्लिकेसन सार्वजनिक

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १२:४५

स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बीमा बोर्डको ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गरेका छन् । बोर्डले स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबारदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

यस्तै, राज्यमन्त्री खापुङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन नवीकरण सेवाको उद्घाटन समेत गरेको बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । सुरुवात समेत एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाउन सकिने रिजालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*