राप्रपा नेपालको निर्वाचन घोषणापत्र सार्वजनिक

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १५:१७

राप्रपा नेपालले स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिन्ह ‘तीर’ को सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरेको हो । राप्रपा अध्यक्ष कमल थापाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा भ्रष्टाचार र घुसखोरी विरुद्ध सशक्त कदम चाल्दै सुशासन र जवाफदेहिता बढाउने उल्लेख छ । सुशासन अभिवृद्धी गर्न सूचनाको हक सम्बन्धी कानुनको कार्यान्वयनमा जनसहभागिता बढाउने भनिएको छ । गाउँ नगरपालिकामा भ्रष्टाचारमुक्त प्रशासन कायम गरिने उल्लेख छ । गाउँ-नगरपालिकाको काम कारबाही पारदर्शी र उत्तरदायिपूर्ण बनाइने भनिएको छ ।

घोषणापत्रमा राप्रपा नेपाल स्थानीय धार्मिक–साँस्कृतिक पहिचानसहितको हिन्दुराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भनिएको छ ।  राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लखे छ । राप्रपा नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्शपुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मानेको छ ।

राप्रपा नेपालले नेपालको माटोमा प्रवद्र्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको छ । संविधानको भावना अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र हित तथा राप्रपा नेपालको सम्बद्र्धनवादी दर्शनअनुसार सवै धर्म–स‘स्कृति, परम्परा, रीति रिवाज लगायत साँस्कृतिक तथा प्राकतिक सम्पदाको प्रवद्र्धन तथा संरक्षण गरिने उल्लेख छ ।

स्थानीय तहमा समावेशी आर्थिक तथा सामाजिक विकासको मान्यताका आधारमा स्थानीय लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी रुपमा अगाडि बढाइने भनिएको छ । स्वदेशी उत्पादनको प्रयोगमा विशेष सुविधा सहुलियत दिइ आम स्तरको उत्पादनमा जोड दिइने भनिएको छ । स्थानीय तहको पूर्वाधार विकास र स्थानीय जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरुलाई स्थानीय तहमा निर्वाचित राप्रपा नेपालका पदाधिकारी तथा सरकारहरुले उच्च प्राथमिकता दिने उल्लेख छ ।

पूर्वाधार विकास र जनताको जीवनस्तर अभिवृद्धि हुने कुनै पनि योजना तथा कार्यक्रमहरुमा राप्रपा नेपालले सबै दलहरु र स्थानीय नागरिक समुदायसँग समन्वय गरी जनसहभागितामा योजना तर्जूमा र योजना कार्यान्वयन गरिने भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*