थपिए १२ कोरोना संक्रमित, ८९ जना संक्रमणमुक्त

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १५:४८

पछिल्लो २४ घण्टामा देशभर  १२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ३४९ वटा नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६९ मा झरेको छ ।

आज २६  हजार ४५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*