सरकारी टोलीलाई पशुपति धर्मशाला प्रवेशमा रोक

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १५:५५

पशुपति धर्मशालामा होटल सञ्चालन गरिरहेको बतास समूहले सरकारी टोलीलाई प्रवेशमा रोक लगाएको छ।

अनुगमनको लागि धर्मशाला पुगेको सरकारी टोलीलाई सञ्चालकले गेटमै रोकेका छन्। सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका हुन्।

बतास समूहका प्रतिनिधिले सरकारी टोलीलाई प्रवेशमा रोक लगाएपछि दुवै पक्षबीच भनाभनसमेत भएको छ। भनाभनका क्रममा बतास समूहले सरकारी टोलीले नियमविपरीत अनुगमनको लागि आएको भन्दै आक्राेश पाेखेकाे छ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएका सरकारी प्रतिनिधिलाई धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै प्रवेशमा रोक लगाएका छन्।

हुलहुज्जत गर्दै मिडिया लिएर आएको भन्दै कर्मचारीले सरकारी टाेलीलाई अवलोकन गर्ने भए समय लिएर आउन भनेका छन्।

सरकारी टोलीले भने आफूहरुले आफ्नो सम्पत्ति जुनसुकै बेला हेर्न पाउनुपर्ने भन्दै गेट खोल्न भनेका थिए।

यसअघि पनि स्थानीय जनप्रतिनिधि मुचुल्कामा सही गर्न नआएपछि कोषका प्रतिनिधि फर्किएका थिए।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन।

पशुपति धर्मशाला भवन खाली गर्न गत सोमबार सार्वजनिक सूचना निकालेको थियो तर धर्मशाला भने हालसम्म पनि खाली गरिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published.


*