प्रियंका चोपडा ‘मार्भल’ स्टारसँग नयाँ हलिउड फिल्ममा देखिंदै

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १६:०३

प्रियंका चोपडा अर्को हलिउड फिल्ममा अनुबन्धित भएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्भल अभिनेता एन्थोनी म्याकीसँग आगामी फिल्म ‘इन्डिङ थिङ्स’मा उनलाई देख्न पाइने भएको हो ।

अमेजन स्टुडियोमा निर्माण सुरु भएको फिल्मले एक सार्पसुटर (बन्दुक हान्ने) महिलाको कथा भन्छ । ती महिलाले मान्छे मार्ने कामका लागि आफ्ना व्यावसायिक साझेदारसँगको सम्बन्ध अन्त्य गर्छिन् । तर उनलाई लाग्छ एक्लै लक्ष्य पूरा हुँदैन, टिमको जरुरत पर्छ ।

फिल्मलाई डेभिस इन्टरटेनमेन्टका जेरेमी स्टेइन, लिट इन्टरटेनमेन्ट र म्याकी प्रोडक्सन हाउसले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । यसबाहेक एन्थोनी म्याकी ‘क्याप्टेन अमेरिका’को चौथो सिक्वेलमा समेत देखिंदैछन् ।

प्रियंकाले चाहिं यसबाहेक साम हेगनसँग मिलेर फिल्म ‘टेक्स्ट फर यु’ र अर्को फिल्म सिटाडेलमा समेत अभिनय गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*