स्वास्थ्य मन्त्रीले गरे खोप अभियानको सुरूवात

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १६:५९

मकवानपुर –संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मकवानपुर जिल्लाको मनहरीबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु गरेका छन् ।

खतिवडाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने मनहरी गाउँपालिकाको भोजसिद्व माबिको खोप केन्द्रबाट खोप अभियानको सुरूवात गरेका हुन् । अभियान अन्तरगत आजबाट १८ वैशाखसम्म १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने छ ।

नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अरु उमेर समूहभन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले बताए । गुरागाईका अनुसार जिल्लामा कुल ६ सय ८ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुनेछ । साथै जिल्लामा अभियानमा ८ सय ७० जना खोपकर्ता र १ हजार ३ सय ९० जना स्यमसेवक परिचालित हुने छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १ सए ६३, थाहा नगरपालिकाका ८ हजार ६ सय १६, बागमती गाउँपालिकाका ६ हजार ६ सय २८, बकैयाका ८ हजार ९ सय ४८, मनहरीका १० हजार ३ सय ७२, राक्सिराङका ५ हजार ६ सय ९२, कैलाशका ४ हजार ८ सय ३८, भीमफेदीका ४ हजार ७ सय ५८, मकवानपुरगढीका ५ हजार ३ सय ३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको गुरागाईले जानकारी दिए । लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*