दुई खर्बको इन्धन आयात

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार ११:१४

मुुलुकमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन आयात भएको हो ।
आर्थिक वर्ष २०७७-०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । एक वर्षभरीमा १ खर्ब ८७ अर्ब रुपैयाँ आयात भएको यो वर्ष मूल्य बढेर आएकाले साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको हो ।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले ठूलो परिणाममा इन्धन आयात भएको जानकारी दिए । एक वर्षदेखि नै इन्धनको मूल्य लगातार बढ्दै गएको थियो । निगमका अनुसार साउनदेखि १५ चैतसम्म १२ लाख २४ हजार ५ सय १२ किलोलिटर डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५ लाख १९ हजार १८ किलोलिरट पेट्रोल, ११ हजार ७ सय ७८ किलोलिटर मट्टितेल, १ लाख ८५ हजार ५६ किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै ३ लाख ७२ हजार ८ सय १३ मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ ।
निगमका अनुसार जुलाई महिनामा ७ अर्ब ५९ करोड ५४ लाख ८४ हजार रुपैयाँको इन्धन आयात भएको थियो । यस्तै अगष्टमा महिनामा १४ अर्ब ९३ करोड २५ लाख ९८ हजार रुपैयाँको इन्धन आयात भएको थियो । सेप्टेम्बर महिनामा १६ अर्ब ६२ करोड ६२ लाख ३५ हजार रुपैयाँ इन्धन आयात भएको थियो । अक्टोबर महिनामा २० अर्ब ४८ करोड ७३ लाख ९२ हजार रुपैयाँको इन्धन आयात भएको थियो । नोभेम्बर महिनामा २४ अर्ब ३६ करोड ५२ लाख ३५ हजार ३५ हजार रुपैयाँको आयात भएकोमा डिसेम्बरमा २६ अर्ब ७३ करोड ६९ लाख रुपैयाँको इन्धन आयात भएको छ । यस्तै जनवरीमा २२ अर्ब ५२ करोड ६३ लाख ७५ हजार रुपैयाँ, फेब्रुअरी महिनामा २४ अर्ब ५४ करोड ९६ लाख ५० हजार रुपैयाँ र मार्च महिनामा २९ अर्ब ३५ करोड ७८ लाख ८५ हजार रुपैयाँको इन्धन आयात भएको निगमको भनाइ छ ।
निगमका अनुसार मासिक रुपमा पेट्रोल ६१ हजार किलोलिटर, डिजेल १ लाख ४४ हजार किलोलिरट खपत हुने गरेको छ । यस्तै मट्टितेल १ हजार ३ सय ८५ किलोलिरट हवाई, इन्धन १२ हजार ७ सय ७१ किलोलिटर मासिक खपत हुने गर्छ । यस्तै खाना पकाउने एलपीजी ग्यास ४३ हजार ८ सय ६० मेट्रिक टन खपत हुने गरेको निगमको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*