देशको आर्थिक अवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १२:२९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको पछिल्लो आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्दैछ ।

तीन पूर्वअर्थमन्त्रीको सहभागितामा देशको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

ललितपुरको होटेल हिमालयमा केहि बेरमै आयोजना हुने कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुनेछन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि एमाले रुष्ट छ ।

सरकारकै कारण देशको आर्थिक अवस्था संकटमा आएको एमालेले बताउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*