सात वुँदे घोषणा पत्र जारी गर्दै दुई दिने नेशनल युथ फोरम सम्पन्न

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:०२

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने नेशनल युथ फोरम सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सहकारीमा युवाहरूको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरूको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी  गर्ने घोषणापत्रमा उल्लेख छ ।

युवाहरूलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रमको निष्कर्ष रहेको बताइएको छ ।

यसैगरी युवाहरूको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्नेलगायतका ७ बुँदे घोषणा पत्र जारी भएको हो ।

सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम् प्रविधिको प्रयोगमा व्यापकता ल्याउने र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्य फोरमले लिएको छ ।

यस्तै, सहकारीमार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने, सहकारीमा युवा उद्यमशिताका नतिजाहरूको तथ्याङ्क एकीकृत गरी सहकारीको सक्षमता प्रदर्शन बताइएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरूलाई उद्यमशिलता जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारीमार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरूजुट्नुपर्ने बताए ।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती  भएको महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए ।

उनले कार्यक्रम गर्नुको मुल उद्देश्य भनेको सहकारीमार्फत उधमशिलतामा युवाहरुको सहभागिता बढाउन प्रेरणदायी भएको बताए ।

दुई दिनसम्म चलेको फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरू सहभागी थिए । फोरममा देशभरका २५० सहकारीका सञ्चालक, युवा उद्यमीहरू र प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*