आज रामनवमी पर्व, देशैभर सार्वजनिक विदा

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:०३

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

आजका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

रामनवमीको अवसरमा आज सरकारले देशैभर सार्वजनिक विदा दिएको छ । सरकारले रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*