३५ किलो गाँजासहित मकवानपुरबाट ५ जना पक्राउ

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:०८

२७ चैत, मकवानपुर । प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका-१ बस्‍ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*