देशको अर्थ व्यवस्थाबारे तीन जना पूर्वअर्थमन्त्रीलाई राखेर पत्रकार सम्मेलन गर्दै एमाले

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:१६

नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पत्रकार सम्मेलनमा तीन जना पूर्वअर्थमन्त्रीहरूको पनि उपस्थिति रहने छ ।

एमालेबाट विगतमा अर्थमन्त्री बनेका युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा धारणा राख्ने रिजालले जानकारी दिए ।

एमालेले सरकारकाे असक्षमताका कारण मुलुककाे अर्थ व्यवस्था बिग्रेकाे आराेप लगाउँदै आएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*