हेटौंडामा लागुऔषधसहित २२ वर्षीय युवक पक्राउ

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:२२

हेटौंडा उपमहानगरपालिका -७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोनलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।  लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा लागुऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*