हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:५७

हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो ।

घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*