मकवानपुरको राक्सिराङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार २२:१५

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ स्थित गडुवानमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानेको छ ।

त्यस्तै, चट्याङ्ग लाग्दा सुमित्राको श्रीमान बीरबहादुर हिम्डुङ्ग घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*