गठबन्धनको बैठक भोलि पुन बस्ने

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १२:१५

स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भाेलि पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्ने जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

“आजको बैठकमा स्थानीय  निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने बारेमा छलफल भएको छ,” उनले भने ।

आजको बैठकले स्थानीय तह निर्वाचनबारे संयुक्त अपिल जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*